नेपाली साहित्यको उत्थान - हाम्रो अभियान    
नेपाली साहित्य समाज न्युजिल्यान्ड    
स्थापना ७ सेप्टेम्बर २०१६    
नेपाली साहित्य समाज न्युजिल्यान्डले अनवरत रुपमा बिश्वभरी नेपाली भाषा र साहित्यको सुगन्ध छर्दै र भर्दै आइरहेको छ।
Slider 1

Slider 2

Slider 3

Slide 4

Slide 5

Slide 6

Slide 7

हाम्रो परिचय

न्युजिल्यान्डमा दर्ता भएका विभिन्न नेपाली संस्थाहरुले बेलाबखत आफ्ना न्युजलेटर र अन्य प्रकाशनहरुमार्फत नेपाली साहित्यलाई स्थान दिँदै आएको देखिन्छ । केही संस्थाहरुले नेपाली रेडियो सञ्चालन गरी नेपाली भाषा र गीत–संगीतमार्फत साहित्यको सेवा गर्दै आइरहेको पाइन्छ । त्यस्तै केही संस्थाहरुले नेपालीहरुलाई गोलबन्द गर्दै समय–समयमा सांस्कृतिक कार्यक्रम सञ्चालन गरेर नेपाली भाषा र संस्कृतिलाई जगेर्ना गर्ने काम गर्दै आएको देखिन्छ ।

छुट्टै साहित्यिक संस्था नै स्थापना गरेर नेपाली भाषा र साहित्यको उत्थान गर्ने कार्य भने गैर आवासीय नेपाली संघ न्युजिल्यान्ड, न्युजिल्यान्ड नेपाल सोसाइटी र न्युजिल्यान्ड नेप्लीज एसोसिएसनको संयुक्त प्रयासमा सन् २०१६ मार्च १८ मा भएको भेलाले साहित्यकार श्री पशुपति कर्माचार्यको नेतृत्वमा ८ सदस्यीय नेपाली साहित्य समाजको गठन पश्चात् सुरु भएको हो । उक्त कार्यसमितिको पहलमा न्युजिल्यान्डका विभिन्न ठाउँमा छरिएर बसोबास गरिरहेका साहित्यप्रेमी नेपालीहरुका लागि एउटा साझा साहित्यिक मञ्च सिर्जना गर्दै नेपाली भाषा, साहित्य र वाङ्मयको प्रचार– प्रसार तथा प्रबर्द्धन गर्न योगदान गर्ने हेतुले सेप्टेम्बर ७, २०१६ मा नेपाली साहित्य समाज न्युजिल्यान्डको स्थापना भएको हो ।

नेपाली साहित्य समाज न्युजिल्यान्डले आफ्‍नो स्थापना कालदेखि नै भौतिक उपस्थितिमा विभिन्न साहित्यिक तथा सांस्कृतिक कार्यक्रमहरु तथा ‘फेसबुक लाइभ’ मार्फत साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । अनलाइन मार्फत सञ्चालन गरिने रचनावाचन कार्यक्रममा न्युजिल्यान्ड र नेपालका लगाएत बिश्वभरी विभिन्न भागमा बसोबास गरिरहनु भएका नेपाली–भाषी साहित्यकार तथा स्रष्टाहरुको सहभागिता रहँदै आएको छ । यसरी नेपाली साहित्य समाज न्युजिल्यान्डले अनवरत रुपमा बिश्वभरी नेपाली भाषा र साहित्यको सुगन्ध छर्दै र भर्दै आइरहेको छ ।

थप जान्नुहोस्
About Image

अध्यक्षको भनाई

नमस्कार !

नेपाली साहित्य समाज न्युजिल्यान्ड र कार्यसमितिको तर्फबाट नेपाली भाषा र साहित्य प्रेमी सम्पूर्णलाई हार्दिक स्वागत तथा नमस्कार । सेप्टेम्बर ७, २०१६ मा एक गैर-नाफामुखी संस्थाको रुपमा दर्ता भएको यस नेपाली साहित्य समाज न्युजिल्यान्डले विभिन्न साहित्यिक तथा सांस्कृतिक कार्यक्रमहरु मार्फत नेपाली भाषा र साहित्यको प्रचार– प्रसार तथा प्रबर्द्धनमा अनवरत योगदान गर्दै आएको छ ।

हाम्रा उद्देश्यहरू:

  • नेपाली भाषा र साहित्यको प्रवर्द्धन गर्ने।
  • नेपाली साहित्यको प्रवर्द्धनमा युवा पुस्तालाई प्रोत्साहित गर्ने।
  • नेपाली साहित्यका विभिन्न गतिविधिहरू आयोजना गर्ने।

उद्देश्य प्राप्तिका माध्यमहरु

  • भौतिक उपस्थिति सहितका विभिन्न साहित्यिक तथा सांस्कृतिक कार्यक्रम ।
  • अनलाईन साहित्यिक कार्यक्रम ।
  • बिभिन्न् साहित्यकारका जन्मदिनका अवसरमा जन्मजयन्ती विशेष रचना वाचन ।
  • नेपाली चाड पर्वमा शुभकामना आदान प्रदान विशेष रचना वाचन ।

नेपाली भाषा, साहित्य र वाङ्मयको प्रचार– प्रसार तथा प्रबर्द्धन गर्ने हाम्रो अभियानमा साथ दिन नेपाली भाषा र साहित्यप्रेमी सम्पूर्ण महानुभावहरुमा सादर निमन्त्रणा एवम् हार्दिक अनुरोध गर्दछौं ।

भवदीय
डा वीरेन्द्र केसी
एवम् नेपाली साहित्य समाज न्युजिल्यान्ड परिवार

अध्यक्षको फोटो

सम्पन्न कार्यक्रमहरू

सम्पर्क गर्नुहोस्

कुनै प्रश्नहरू छ भने कृपया तलको फारम भर्नुहोस्।

  • 28 East Street Terrace End, Palmerston North
  • E-sahityasamajnz@gmail.com

हाम्रोमा सम्पर्क गर्नुहोस्

हाम्रो कार्यालय